एनआईसी एसियामा बचत गर्दा कति पाइन्छ ब्याज ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एसियामा बचत गर्दा कति पाइन्छ ब्याज ?



काठमाडौं । एनआईसी एशिया बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.१८ प्रतिशत कायम गरेको छ । जुन भदौ महिनामा ७.४१ रहेको थियो ।

असोज महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ बैंकले ३ महिना अवधिका लागि ५ प्रतिशत ३ महिनादेखि १ वर्ष अवधिका लागि ५.०५ प्रतिशत,१ वर्षका लागि ५.६० प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ५.७५ प्रतिशत,२ वर्षमाथि देखि ५ वर्षसम्मका लागि ६.२५ प्रतिशत ५ भन्दा माथिका लागि ७.१८ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर समेत घटाएको छ । भदौ महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.४१ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले भदौ महिनाका लागि भने अधिकतम ६.१८ प्रतिशत प्रदान गर्ने भएको छ ।

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ३ प्रतिशत, १ वर्षका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ३ प्रतिशत,२ देखि ५ वर्षका लागि ३.५० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६.१८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको हो ।

प्रकाशित : ३१ भाद्र २०८१, सोमबार ११:४७