सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७९/०८० को संचित नाफाबाट बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको हाल रहेको चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८ प्रतिशत लाभांश स्वरुप बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ ।

नियमनकारी निकायको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेस गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : ३१ भाद्र २०८१, सोमबार ११:१४