गोर्खाज फाइनान्सबाट बाहिरिए घिमिरे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गोर्खाज फाइनान्सबाट बाहिरिए घिमिरे



काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरे कम्पनीबाट बाहिरिएका छन् । उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरेको छ ।

सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भाद्र २२ गतेदेखि लागू हुनेगरी उनको राजीनामा स्वीकृत गरेको हो ।

घिमिरे २०७८ साल माघ १९ गते ४ वर्षका लागि कम्पनीको सीईओमा नियुक्त भएका थिए । उनको कार्यकाल अझै एक वर्ष ५ महिना बाँकी थियो ।

प्रकाशित : २५ भाद्र २०८१, मंगलवार १३:२०