गुराँस लघुवित्तको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गुराँस लघुवित्तको लाभांश घोषणा



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको गत सोमबार बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीको हाल चुक्तापूँजी १० करोड १४ लाख रुपैयाँ छ ।

प्रकाशित : २५ भाद्र २०८१, मंगलवार १२:४४