जग्गाको कित्ताकाट खुलाउने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
७ मंसिर २०८३, सोमबारMonday, November 23, 2026

अर्थतन्त्र

जग्गाको कित्ताकाट खुलाउने सरकारको निर्णय

काठमाडाैं । मन्त्रिपरिषद बैठकले जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो।

अधिकांश स्थानिय सरकारले भूउपयोग नीति नबनाउँदा कित्ताकाट रोकिएर समस्या सिर्जना भएपछि एक वर्षको समय सीमा दिएर सबै पालिकाहरुलाई जग्गा वर्गीकरण गर्न निर्देशन दिएको थियो। जसलाई अधिकांशले पालना नगरेपछि समस्या सिर्जना भएको थियो।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अधिकारीका अनुसार सरकारले पुनः पालिकाहरुलाई जग्गा वर्गीकरणको समय थप गर्न भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८० संशोधन गर्ने तयारी गरेको हो।

प्रकाशित : २५ भदौ २०८१, मंगलबार १२:०८ 10 September, 2024 12:08 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।