‘एभरेस्ट’ र ‘एमडीएच’ मसलामा प्रतिबन्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘एभरेस्ट’ र ‘एमडीएच’ मसलामा प्रतिबन्ध



काठमाडाैं । नेपालमा भारतीय ब्राण्डका ‘एभरेस्ट’ र ‘एमडीएच’ ब्रणडका दुईवटा मसलामा प्रतिबन्ध लगाइएको छ । खाद्य तथा गुण नियन्त्रण विभागले यी दुई ब्राण्डका भारतीय मसलामा प्रतिबन्ध लगाएको हो ।

यी ब्राण्डका मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ पाइएकाले विभागले उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाइएको विभागले जनाएको छ।

विभागले नेपालमा आयात भइरहेको एभरेस्ट ब्रान्डका मसला पाउडर र एमडीएच ब्रान्डका तीन थरी मसला आयातमा रोक लगाएको छ । यसअघि ‘हङकङ र सिंगापुरमा यी द्ई ब्राण्डका मसलामा प्रतिबन्ध लगाएको थियो ।

हङकङको खाद्य सुरक्षा विभागले एमडीएच प्राइभेट लिमिटेड र एभरेस्ट प्रोडक्ट्स लिमिटेडका करी मसलाहरुको बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।

विभागले यी दुवै कम्पनीका मसलाहरुमा कार्सिनोजेनिक पेस्टिसाइड एथिलीन अक्साइडको मात्रा धेरै भेटिएकाले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

यी प्रडक्टहरुमा उल्लेख गरिएको किटनाशकको मात्रा धेरै भएकाले यसले क्यान्सर हुने खतरा बढी हुने जनाइएको छ । हङकङले प्रतिबन्ध लगाउनुअघि सिंगापुरले पनि यहि कारण एभरेष्ट मसलाको फिश करी मसलालाई बजारबाट फिर्ता मगाउने निर्देशन जारी गरेको थियो ।

हङकङको खाद्य सुरक्षा विभागले एमडीएम ग्रुपको तीनवटा मसला–मिक्स मद्रास करी पाउडर, साम्भर मसला पाउडर र करी पाउडरमा कार्सिनोजेनिक पेस्टिसाइड एथिलीन अक्साइडको मात्रा धेरै पाइएको जनाएको छ ।

इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर ले एथिलीन अक्साइडलाई ग्रुप १ कार्सिनोजेनको रुपमा बर्गिकरण गरेको छ ।

प्रकाशित : २३ भाद्र २०८१, आईतवार १६:१९