काठमाडाैं । साउथ एशिया रिजनल फाईनान्सीयल इन्कुलजन इनीसियटिभ (सार्फी)को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सार्फीको नयाँ अध्यक्ष चयन भएका छन् ।
मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी एलाइन्स फर फाइनान्सीयल इन्क्लुजन ग्लोबल पोलिसी फोरमको बैठक चलिरहेको छ ।
उक्त बैठकत अन्तर्गत आयोजित पाँचौ सार्फी लिडरसिप राउन्डटेबल का क्रममा सार्फीको अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण भएको हो । सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरे ।
बैठकले स्टेट बैंक अफ पाकिस्तानलाई सार्फीको उपाध्यक्ष चयन गरेको छ । यसअघि सार्फीको नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्पmबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।
क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नेलगायतका उद्देश्यसहित सार्फी स्थापना गरिएको थियो ।
Comment