कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कामना सेवा विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना



काठमाडाैं । कामना सेवा विकास बैंकले शाखा कार्यालय मिर्चैयामार्फत श्री ब्रम्हचारी दामोदरानन्द कलेजमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजका प्रमुख, शिक्षक र स्नातक तथा स्नानकोत्तर तहका विद्यार्थीहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बताएको छ

कार्यक्रममा ७० जनाभन्दा बढी विद्याथीहरुको सहभागिता थियो । कम्पनीका कर्मचारीद्वारा उक्त कार्यक्रममा सहभागीहरुलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता लगायतका विषयमा साक्षरता प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै कलेजका प्रमुख सन्जय कुमार साहले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आयोजना गरिएको कार्यक्रम सकरात्मक रहेको बताए । कम्पनीले यस प्रकारका कार्यक्रमहरु आगामी दिनमा पनि सञ्चालन गर्ने योजना रहेको बताएको छ ।

प्रकाशित : १२ भाद्र २०८१, बुधबार १९:१४