आमात्यलाई आइएमई लाइफको कामु सीईओको जिम्मेवारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आमात्यलाई आइएमई लाइफको कामु सीईओको जिम्मेवारी



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिनेश बहादुर आमात्य नियुक्त भएका छन् । भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) आमात्यलाई कामु सीईओको जिम्मेवारी दिएको कम्पनी सचिव प्रकाश न्यौपानेले जानकारी दिए ।

एमबीएसम्म अध्ययन गरेका आमात्यले सन् १९९२ मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमा करियर सुरु गरेका हुन् । उनले नेशनल लाइफमा सन् २००७ सम्म विभिन्न विभागमा अधिकृत पदमा कार्यरत रहेर काम गरेका थिए ।

सुर्या लाइफ इन्स्योरेन्समा सन् २००८ देखि सन् २०१७ सम्म सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका आमात्य सन् २०१७ देखि हालसम्म आइएमई लाइफमा आवद्ध छन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयालको पदावधि सकिएपछि बाहिरिएका थिए । २०७७ मा कम्पनीको सीईओको जिम्मेवारी सम्हालेका फुयाँलको गत शुक्रबार चार वर्षे कार्यकाल सकिएपछि बाहिरिएका हुन् ।

प्रकाशित : ११ भाद्र २०८१, मंगलवार ११:४६