चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा



काठमाडौं । मुलुकको चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक परिदृश्य प्रतिवेदनले यस्तो देखाएको हो।

तथ्यांक अनुसार समीक्षा वर्षमा चालु खाता २ खब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष चालु खाता ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा १ अर्ब ६६ करोडले बचतमा रहेको छ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई ५ अर्ब ८१ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड कायम भएको छ। अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ७ अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब १७ करोड रहेको थियो।

समीक्षा वर्षमा शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ३ अर्ब ७७ करोडले बचतमा रहेको छ।

प्रकाशित : २ भाद्र २०८१, आईतवार १५:२०