ग्लोबल आईएमई बैंकमा रेग्मीले आजदेखि कार्यभार सम्हाल्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आईएमई बैंकमा रेग्मीले आजदेखि कार्यभार सम्हाल्दै



काठमाडौं । ग्लोबल आईएमई बैंकका नयाँ सीईओ सुरेन्द्रराज रेग्मीले आज(भदौ २ गते) बाट कार्यभार सम्हाल्दै छन् । रेग्मीलाई बैंकको गत साउन १० गते बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ नायब सीईओमा बढुवा गर्ने निर्णय गरेको थियो । तीन दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा रहेका रेग्मीले २०६५ मा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् । ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।

प्रकाशित : २ भाद्र २०८१, आईतवार ०८:२१