नेशनल लाइफको अत्याधुनिक सुविधा सम्पन्न भवनको वास्तु पूजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेशनल लाइफको अत्याधुनिक सुविधा सम्पन्न भवनको वास्तु पूजा



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगन्ज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको भवनको वास्तु पूजा गरिएको छ ।

अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले वास्तु पूजा गरेकी हुन् ।

वास्तु पूजामा कम्पनीका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरू सहित वरिष्ठ अभिकर्ताहरूको सहभागिता थियो ।

वास्तु पूजा गर्दै अध्यक्ष सिंहले कम्पनीको यो भवन लुम्बिनी प्रदेशकै व्यापारिक हब बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको र यस भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरू समेत सञ्चालन गरिने योजना रहेको बताइन् ।

पूजामा सहभागी वरिष्ठ अभिकर्ताहरूले आफ्नो क्षेत्रमा कम्पनीको अत्याधुनिक भवन निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै भवन निर्माणबाट यस क्षेत्रको बिमा व्यवसाय प्रवर्द्धन हुनेमा आफूहरू विश्वस्त रहेको बताएका थिए ।

७२ अर्ब भन्दा बढी जीवन बीमाकोष रहेको देशकै ठूलो बिमा कम्पनी मध्येको एक नेशनल लाइफ इन्स्योरेन्सले नियामक निकाय नेपाल बिमा प्राधिकरणको स्वीकृतिमा भवन निर्माण गरेको हो ।

प्रकाशित : २ भाद्र २०८१, आईतवार ०७:५५