राष्ट्र बैंकद्वार दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकद्वार दुई मनिचेन्जर कम्पनीको लाइसेन्स रद्द



काठमाडौं । नेपाल राष्ट्र बैंकले दुईवटा मनिचेन्जर कम्पनीको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ। केन्द्रीय बैंकले काठमाडौंको ठमेलस्थित रेन्बो मनिचेन्जर र ललितपुरको पुल्चोकस्थित कसा मनिचेन्जरको लाइसेन्स रद्द गरेको हो।

मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमवाली, २०७७ (चौथो संशोधन)को विनियम १९ को उपविनियम (३)मा भएको व्यवस्थाबमोजिम समयमै नवीकरण नगरेकोले दुवैको इजाजतपत्र रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : 15 August, 2024 11:40 am