झिनो अंकले घट्यो शेयर बजार, कारोबार रकममा भने सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

झिनो अंकले घट्यो शेयर बजार, कारोबार रकममा भने सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबार दिन आज बिहीबार झिनो अंकले ओरालो लागेको छ । आज नेप्से ०.०१ अंक घटेर १८६७.२१ बिन्दुमा झरेको हो ।

अघिल्लाे दिनकाे तुलनामा बिहीबार कारोबार रकम भने बढेको छ । आज कारोबारमा आएका २४७ कम्पनीको ३१ लाख ११ हजार ८३३ कित्ता शेयर १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँमा किनबेच भएको छ । बुधबार ८६ कराेड ३८ लाख १६ हजार रुपैया बराबरकाे किनबेच भएकाे थियाे ।

आज, शेयर बजार झिनो अंकले घट्दा बैकिङ समूहको १.३८, म्युचुअल फण्ड ०.०५ र अन्य समूहको उपसूचक ३०.२४ अंकले बढेको छ भने विकास बैंक १७.०९, जलविद्युत ११.७५, जीवन बीमा ३७.५४, निर्जीबन बीमा समूहको उपसूचक २१.६२ अंकको गिरावट आएको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सिर्जनशिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२०५.८० रुपैयाँ पुगेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाकोे शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७१४.६० रुपैयाँ पुगेको हो ।

आज आधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यसको आज १४ करोड ९९ लाख ५० हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ७ पुष २०७९, बिहीबार १५:५३