महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा रमेश कुमार भट्टराई पुनः नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महालक्ष्मी लाइफ इन्स्योरेन्सको सीईओमा रमेश कुमार भट्टराई पुनः नियुक्त



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा रमेश कुमार भट्टराई पुनः नियुक्त भएका छन् । इन्स्योरेन्सको मंसिर २३ गते बसेको ६६ औँ सञ्चालक समितिको बैठकले वर्तमान प्रमुख कार्यकारी अधिकृत भट्टराईलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

भट्टराईलाई पुस १७ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षे अवधिका लागि पुनः सीईओमा नियुक्ति गर्ने निर्णय भएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव कमल पन्थीले जानकारी दिए ।

प्रकाशित : 9 December, 2022 3:45 pm