शेयर बजार घट्ने क्रम कायमै, दुई कम्पनीमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजार घट्ने क्रम कायमै, दुई कम्पनीमा सकारात्मक सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको दोस्रो दिन आज बुधबार सामान्य अंकले घटेको छ । आज नेप्से ७.७२ अंकले घटेर एक हजार ९ सय २१ दशमलब ९९ विन्दुमा पुगेर बन्द भएको हो । मंगलबार नेप्से ७.१३ अंकले घटेर एक हजार ९ सय २९ दशमलब ७० विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा एक अर्ब २ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ३५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबार भएका २२३ स्टकहरुमध्ये ५७ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।साथै, ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सिभिल बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३४.३० रुपैयाँ पुगेको छ । त्यस्तै, घलेम्दी हाइड्रोको शेयरमुल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २०५ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार स्टाण्डर्ड चार्टर्ड बैंक र नबिल ब्यालेन्स फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज १२ करोड ७७ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : 23 November, 2022 4:05 pm