काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सिटिजन्स लाइफको खुद नाफा ७ करोड ३ लाख ६१ हजार रुपैयाँ पुगेको छ । जुन गत बर्षको यसै अवधिको तुलनामा १२.९९ प्रतिशतले बढी हो।
अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड २२ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क आर्जन पनि १२.८० प्रतिशतले बढेर १ अर्ब ३७ करोड ४६ लाख २६ हजार रुपैयाँ पुगेको छ । गत बर्षको यसै अवधिमा कम्पनीले १ अर्ब २१ करोड ८६ लाख ७७ हजार रुपैंया बीमा शुल्क कमाएको थियो ।
त्यस्तै, असोज मसान्तसम्म आइपुग्दा जीवन बिमाको आकार ५६.२४ प्रतिशतले बढेर ६ अर्ब ६३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ४ अर्ब २४ करोड ५५ लाख ४८ हजार रुपैयाँ थियो । चुक्ता पुँजी १ अर्ब ७५ करोड र जगेडा कोषमा ९३ करोड ४९ लाख ७४ हजार रुपैयाँ छ ।





Comment