नेसनल माइक्रोफाइनान्सले आइपीओ निष्कासन खुला गर्ने ,कहाँ पाइन्छ आवेदन फारम ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेसनल माइक्रोफाइनान्सले आइपीओ निष्कासन खुला गर्ने ,कहाँ पाइन्छ आवेदन फारम ?



काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले साउन १६ देखि आइपीओ निष्कासन खुला गर्ने भएको छ ।कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यको तीन लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
आइपीओ बिक्री बन्द छिटोमा साउन १९ मा हुनेछ । तीन लाख कित्ता सेयरमध्ये १२ हजार कित्ता कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
IPOs1
धादिङबेसीमा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सको अधिकृत पुँजी ५० करोड रूपैयाँ र जारी पुँजी १० करोड रूपैयाँ रहेको छ । आइपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी पनि १० करोड रूपैयाँ नै पुग्नेछ ।
नेसनल माइक्रोफाइनान्समा नेपाल इन्भेस्टमेन्ट बैंक, कुमारी बैंक, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी, पश्चिमाञ्चल डेभलपमेन्ट बैंकको लगानी छ ।
यसैगरी, सिनर्जी फाइनान्स, सिद्धार्थ बैंकसँग मर्ज भइसकेको बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक र काठमाडौं फाइनान्सको पनि नेसनल माइक्रोफाइनान्समा लगानी रहेको छ ।
यो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७४–७५ सम्ममा ३४ करोड रूपैयाँ सेयर पुँजी र जगेडा कोषमा १५ करोड ७७ लाख ३६ हजार रूपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । यस आइपीओमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गर्दैछ ।
यस्ता छन् आवेदन फारम पाउने र बुझाउने केन्द्रहरू
–एनआइबीएल क्यापिटल लिमिटेड
–नेपाल इन्भेस्टमेन्ट बैंकको केन्द्रीय तथा शाखा कार्यालयहरू
–नेसनल माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय धादिङबेसी तथा शाखा कार्यालयहरू
–गोर्खाज फाइनान्स
–सिनर्जी फाइनान्स
–साझा विकास बैंक

प्रकाशित : १० श्रावण २०७३, सोमबार ०३:२३