मलेसियामा नेपाली कामदारको समस्याः कूटनीतिमा चुक्दै नेपाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मलेसियामा नेपाली कामदारको समस्याः कूटनीतिमा चुक्दै नेपाल



मलेसिया/ नेपाली युवाकोलागि रोजगारको मुख्य गन्तव्य हो मलेसिया । स्वदेशमा रोजगारिको अवसर नहुँदा नेपाली युवाहरु काम खोज्दै मलेसिया लगाएतका धेरै देशहरुमा पुगेर इमान्दारीता पनि देखाए । यो संगै नेपाली कामदार लिने मलेसिया जस्ता धेरै मुलुकको पहिलो रोजाइ नेपाली नै हुँन । श्रम, रोजगार र सामजिक सुरक्षा मन्त्रालयले हाल अवैध र एकपक्षीय रुपमा उठाइँदै आएको शुल्कहरु खारेज नगरेसम्म मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोकेको छ । यसले मलेसियामा कामका लागि जाने प्रक्रिया अवरुद्ध छ । यो संगै मलेसियाको नयाँ सरकारले अवैधानिक रुपमा मलेसियामा रहेका विदेशी कामदारलाई धरपकड गर्ने योजनासंगै नेपाली कामदार पनि पक्राउ परेका छन् ।

यता नेपाल सरकारले मलेसिया कामदार पठाउनै बन्द गरेको भएपनि मलेसिया स्थित नेपाली दुतावासले भने भने बेखबर छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा गोकर्ण विष्टले मलेसिया कामदार पठाउनै बन्द गरेको बताउदै हिड्नु र दुतावास यो खबर प्रति जानकार नहुँनु नेपालको पछिल्लो कूटनीतिक कमजोरी उदांग भएको छ ।

“हामीले मिडियामा कामदार नपठाउने कुरा सुनेका छौ, तर लिखित रुपमा नेपाल सरकारले कुनै पनि पत्र र मौखिक जानकारी समेत आएको छैन,” मलेसिया स्थित नेपाली दुतावासका कार्यबाहक राजदुत कुमारराज खरेलले भने । मन्त्रालयबाट स्वास्थ्य परीक्षण, भिसा, पासपोर्ट लगायतका नाममा खडा भएका संस्थाले मनोमानी रकम लिएको लगायतका विषयमा भने मलेसियन गृहमन्त्रालयसंग छलफल भएको खरेलको दाबी छ ।

स्टन्ट हैन कुटनैतिक पहल

स्वास्थ्य परीक्षण, भिसा, पासपोर्ट लगायतका नाममा खडा भएका संस्थाले मनोमानी रकम लिएको भन्दै कामदार पठाउने प्रक्रियाअहिले बन्द छ । यसलाई खुलाउन नेपाल सकारले मेलसिया सरकारसंग दह्रो रुपमा कुटनितिक पहल गरेर समस्याको समाधान गर्नु पर्ने जानकारहरु बताउछन् ।

“सरकारले कुटनितिक पहल गरेर अहिले देखिएको सिन्डिकेट हटाउनु पर्छ ,”-गैर आवसिय नेपाली संघ मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले अर्थबजारसंग भने । अहिलेको बिषय मजदुर हितको लागि पनि हो तर समस्या समाधानको मुख्य बाटो कुटनैतिक पहल नै भएको न्याैपानेको जोड छ ।

करिब लाख नेपाली कामदारहरु मलेसियामा रहेको र उनीहरुको हित नेपाल सरकारले खास चासो नदिएको कतिपय सरोकारवलाहरुको बुझाइ छ । “विभिन्न संस्था खडा गरेर मजुदुर शोषण गर्नु गलत हो ,” मलेसिया नेपाल बुद्धिजिवि संघका अध्यक्ष शंकर प्रसाद आचार्यले भने – “कुटनैतिक पहल गर्नुपर्नेमा स्टन्ट मात्रै देखाइएकोले सरकारले चालेको कदम प्रभावकारी नभएको हो ।” सिमित व्यक्तीको स्वार्थका कारण मलेसिया कामदारलाई अफ्ठ्यारो परेको छ, पछिल्लो देखिएका समस्या पनि त्यसैका उपज हुन , अहिलेको समस्या समाधान नभए भारतको अवैध बाटोबाट नेपाली कामदार मलेसिया अाउने क्रम सुरु हुने आचार्यको भनाई छ।

सरकारले गन्तव्य मुलुकसँगका ‘द्विपक्षीय श्रम सम्झौता’ गर्न नसक्दा नेपाली कामदारले विदेशमा सास्ती भोग्नु परिरहेको छ । कामदारको सुरक्षाको प्रमुख आधार श्रम सम्झौता नहुँदा अधिकांश मुलुकमा गएका नेपाली कामदारले न्यूनतम तलब सुविधा, औषधोपचार खर्च, बिमा, कानुनी सेवालगायतका आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरेको छ ।

नेपालले रोजगारीका लागि १०८ मुलुक खुला गरेपनि हालसम्म कतारसँग मात्रै द्विपक्षीय श्रम सम्झौता भएको छ । बहराइन, जापान, दक्षिण कोरिया, कुबेत र इजरायलसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ । यता सरकारले श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाउने तयारी गरेको छ । पटक-पटक छलफल भएर पनि टुंगोमा पुग्न नसकेको मलेसियासँगको श्रम सम्झौतामा अब हस्ताक्षर नभएसम्म कामदार नपठाउने अडानमा सरकार छ । स्वास्थ्य परीक्षण, भिसा, पासपोर्ट लगायतका नाममा खडा भएका संस्थाले मनोमानी रकम लिएको विषयमा भने मलेसियन गृहमन्त्रालयसंग छलफल भएको र अव छिट्टै परराष्ट्र मन्त्रीसंग कुरा गर्नको लागि समय मागेको कार्यबाहक राजदुत खरेलले  जानकारी दिए । डिल्ली प्रसाद सापकोटा

 

प्रकाशित : १८ असार २०७५, सोमबार १३:११