ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ ।आज नेप्से ८ दशमलव ३९ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएको अन्य  समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १६० कमपनीको ११ लाख ७ हजार ५ सय १३ कित्ता सेयरबाट ५६ करोड १४ लाख ६० हजार ७० रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ५७ दशमलव २७ अंकले ओरालो लागेको छ । आज होटल समुह २८ दशमलव ७६ अंकले, जलविधुत समुह २३ दशमलव ०९ अंकले, लघुवित्त समुह १८ दशमलव ३२ अंकले, विकास बैँक समुह १६ दशमलव ६५ अंकले, उतपादनमुलक समुह ११ दशमलव १७ अंकले,बैक समुह ५ दशमलव ९ अंकले,फाइनान्स समुह ५ दशमलव ०३ अंकले र ट्रेडिड. समुह ० दशमलव १७ अंकले ओरालो लागेको छ।
आज अन्य समुहले भने उकालो लागेको छ । आज अन्य समुह ० दशमलव ७२ अंकले उकालो लागेको छ ।

प्रकाशित : १२ बैशाख २०७५, बुधबार १५:२१