बाम गठबन्धनको सरकार सेयर बजारमा हुने सिण्डिकेट अन्त्य गर्न तयार छः देव गुरुङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बाम गठबन्धनको सरकार सेयर बजारमा हुने सिण्डिकेट अन्त्य गर्न तयार छः देव गुरुङ



काठमाडाै । सत्ता धारी बाम गठबन्धनका प्रतिनिधी एवम् माअोवादी केन्द्रका नेता देव गुरुङले सेयर बजारको गिर्दो अबस्थाप्रति आफुहरु चिन्तित रहेको बताएका छन ।पछिल्लो समयमा  पूँजी बजारमा उत्पन्न भएका समस्याहरुको तत्काल सम्बोधन गर्ने प्रतिबद्धता  समेत उनले जनाएका छन् ।

नेपाल पूँजी बजार लगानीकर्ता संघ र नोबल ईनिसिएशन नेपालले अायोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै नेता गुरुङले सो प्रतिबद्धता जनाएका हुन । उनले बाम गठबन्धनको सरकार सेयर बजारमा हुने सिण्डिकेट अन्त्य गर्न तयार रहेको बताए ।

मुद्रा नीति, पूँजी गत रकम खर्च हुन नसकेको र ब्याज दरको कारणले समस्या आएको हो भने त्यसलाई पनि सम्बोधन गर्न अाफुहरु प्रतिबद्ध रहेको बताए ।

  स्वच्छ प्रतिस्पर्धा गर्ने वतावरण बनाउन र  लगानीमैत्री वतावरण बनाउने पक्षमा अाफुहरु काम गर्न केन्द्रित रहेको जिकिर समेत  गुरुङले गरे  ।  कार्यक्रममा सहभागि लगानीकर्ताहरुले शेयर बजामा देखिएको समस्या तत्काल सम्बोधन गरि ठोस कदम चाल्न अावश्यक रहेको बताएका थिए ।

प्रकाशित : ८ चैत्र २०७४, बिहीबार २१:५५