राजधानीका पसल अनुगमन- देखाउने दात मात्रै, ठग सञ्चालक बचाउन कहिले सम्म कर्मचारी थुुन्ने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

राजधानीका पसल अनुगमन- देखाउने दात मात्रै, ठग सञ्चालक बचाउन कहिले सम्म कर्मचारी थुुन्ने ?



काठमाडाै । सानालाई ऐन ठूलालाई चैन भन्ने नेपाली यो उखान बढी मूल्य लिई सामान बेचेको आरोप लागेका दरबारमार्ग र न्युरोडका १३ व्यवसायीलाईवटा व्यापारीलाई ठ्याक्कै लागू भएको छ।

कालोबजारी गरेको प्रमाण विभागले प्रहरीलाई बुझाएको एक महिना बिति सक्दा पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन। आपूर्ति व्यवस्थापन तथा हित संरक्षण विभागले ती पसललाई कालोबजारी ऐन अनुसार कारबाही गर्न प्रहरीलाई जिम्मा लगाए पनि अनुसन्धान जारी रहेकाे भन्दै उन्मुक्ती दिने प्रयत्न भएको उपभोक्ता अधिकारकर्मीहरुको गुनासो छ । कारबाहीको सिफारिस भएका र प्रहरीले पक्राउ पुर्जी काटेका व्यापारी निस्फिक्री हिडेका छन सम्बन्ध स्रोतले भन्यो – थुनामा पर्नेमा समान्य तलब खाएर गुजारा गर्ने कामदार मात्रै छन ।

 

 

स्थलगत अनुगमनपछि व्यवसायीसँग लिएको बयानलाई समेत आधार मानेर विभागले शतप्रतिशतभन्दा बढी नाफा खाने गरी बिक्री गरेको निष्कर्षसहित फाइल महानगरीय प्रहरी परिसर टेकुमा बुझाएपछि प्रहरीले कालोबजारी ऐन अनुसार अनुसन्धान थालेकाे थियो । तर व्यापारी नेताहरुकै धम्की र चुनाव नजिकिदै गएका कारण पनि अनुशन्धान फितलो बनाएर उन्मुक्ती पाउने खतरा रहेकाे स्रोत बताउछ । कारबाही प्रकृया किन अघि बढेन भन्ने बिषयमा पटक पटक जानकारी लिन खोज्दा आपूर्ति व्यवस्थापन तथा हित संरक्षण विभागका प्रवक्ता लक्षमण श्रेष्ठको कार्यकक्षको फोन उठेन ।

सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्ग, न्युरोड र ठमेलका कर्मचारीलाई प्रहरीले पक्रे पनि वास्तविक सञ्चालक अझै ‘फरार’ छन् । कात्तिक १५ गते प्रहरी परिसर काठमाडौंले केही उच्च पदका कर्मचारीलाई पक्राउ गरे पनि सञ्चालकहरू अझै सम्पर्कविहीन छन् ।

परिसरले दरबारमार्ग र न्युरोडका व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको थाहा पाएपछि उनीहरू फरार भएका हुन् । प्रहरी स्रोतका अनुसार अनुगमन र सिलबन्दी गर्ने आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागकै असहयोगका कारण पनि सञ्चालकलाई समयमै पक्रिन सकिएको छैन । कर्मचारी पक्राउ गरेपछि सञ्चालकहरू माथि दबाब पर्ने भन्दै प्रहरीले साताअघि दरबारमार्ग र ठमेलबाट १० जना कर्मचारीलाई पक्राउ गरेको थियो । उनीहरूलाई सञ्चालकहरू फरार रहेको पसल खोलेर सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको थियो ।

‘कर्मचारीहरू पक्राउ गरेपछि सञ्चालकहरू माथि दबाब पर्छ भन्ने अनुमान थियो,’ काठमाडौं प्रहरी परिसरका अनुसन्धान अधिकारीले भने, ‘तर, कालोबजारी गर्ने पसलका सञ्चालकहरू त कर्मचारी पक्राउ गर्दा पनि छुटाउन आउँदैनन् ।’

प्राइम बैकका सञ्चालक राजेन्द्रदास श्रेष्ठ फरार !

 

भएकाे के हो ?

सरकारले अनुगमनलाई तीव्र बनाए पनि प्रक्रिया पूरा नगरी शिलबन्दी गर्ने र हचुवाको भरमा शिलबन्दी तोड्ने गरेको छ। आपूर्तिमन्त्री शिवकुमार मण्डलसहितको टोलीले भदौ १९ र २१ गते अनुगमनका क्रममा अत्यधिक नाफा लिने गरेको फेला पारेपछि दरबारमार्ग, न्युरोडलगायत विभिन्न स्थानका पसलमा सिल गरेको थियो।

दरबारमार्गका ९ वटा पसलमा सिल गरिए पनि दुईवटा पसलमा भने शिलबन्दी गरिएको थिएन। सरकारी वकिलको सुझाब लिएपछि मात्रै शिलबन्दी फुकुवा गर्नुपर्ने प्रावधान भए पनि प्रक्रिया नपुर्याई फुकुवा गरेको बुिझएको छ।

कारबाहीका लागि सरकारी वकिलको रायपछि कालोबजारी ऐनअनुसार प्रमुख जिल्ला अधिकारीले दिएको आदेशमा मात्र शिल तोड्नुपर्ने प्रावधान छ। यद्यपि, शिलबन्दी फुकुवा गर्दा गोप्य रूपमा टोली परिचालन गरी कालोबजारीलाई उन्मुक्ति दिइएको छ।

ठगी गरेको भन्दै अनुगमन टोलीले पुमा, नाइकी, बेन्टले र स्टोर वानमा शिलबन्दी गरेको थियो। भदौ २१ गते दरबारमार्गमा फेरि अनुगमन गर्दा छुटका नाममा व्यापारीले थप ठगी गरिरहेको फेला परेको थियो। त्यस क्रममा अनुगमन टोलीले वाच एन्ड सी, सुलक्स सेन्टर, लेबल्स स्टोर प्रालिको रिबक, लाइन्स स्टाइल इन्टरप्राइजेज प्रालिको बोसिनी, लेबल्स स्टोर प्रालिका पसल शिबन्दी गरेको थियो।

काे पक्राउ परे को को छन फरार ?

 बढी मूल्य लिई ठगी गर्ने दरबारमार्ग, न्युरोड र ठमेलका कर्मचारीलाई प्रहरीले पक्रे पनि वास्तविक सञ्चालक अझै ‘फरार’ छन् । कात्तिक १५ गते प्रहरी परिसर काठमाडौंले केही उच्च पदका कर्मचारीलाई पक्राउ गरे पनि सञ्चालकहरू अझै सम्पर्कविहीन छन् ।

परिसरले दरबारमार्ग र न्युरोड गरी १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको थाहा पाएपछि उनीहरू फरार भएका हुन् । प्रहरी स्रोतका अनुसार अनुगमन र सिलबन्दी गर्ने आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागकै असहयोगका कारण पनि सञ्चालकलाई समयमै पक्रिन सकिएको छैन ।

कर्मचारी पक्राउ गरेपछि सञ्चालकहरू माथि दबाब पर्ने भन्दै प्रहरीले साताअघि दरबारमार्ग र ठमेलबाट १० जना कर्मचारीलाई पक्राउ गरेको थियो । उनीहरूलाई सञ्चालकहरू फरार रहेको पसल खोलेर सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको थियो ।

‘कर्मचारीहरू पक्राउ गरेपछि सञ्चालकहरू माथि दबाब पर्छ भन्ने अनुमान थियो,’ काठमाडौं प्रहरी परिसरका अनुसन्धान अधिकारीले भने, ‘तर, कालोबजारी गर्ने पसलका सञ्चालकहरू त कर्मचारी पक्राउ गर्दा पनि छुटाउन आउँदैनन् ।’

पक्राउ परेकाहरु:

दरबारमार्गको वाच एन्ड सी अप्रेसन म्यानेजर राजेश्वर श्रेष्ठ,

न्युरोडको तिरुपती (लिबर्टी) प्रालिका म्यानेजर नन्दन बिहानी,

दरबारमार्गकै लेबल्स स्टोर्सका म्यानेजर सुभास महर्जन र सेल्स म्यानेजर जितेन्द्र महर्जन,

ठमेलको एडभेन्चर आउटडोर गियर कम्पनीका म्यानेजर रोसन ओडारी

दरबारमार्गको लाइफ स्टाइल इन्टरप्राइजेज प्रालिका सेल्स म्यानेजर श्रीकृष्ण महर्जन र रौनक शर्मा,

दरबारमार्गकै एभेन्यु मार्केटिङ प्रालिका म्यानेजर उत्तम कुमार बस्नेत,

दरबारमार्गकै प्लेटिनम ट्रेड कन्र्सनका स्टोर म्यानेजर प्रवीण झा,

दरबारमार्गको बेन्टले द लेदर प्रालिका सुपरभाइजर तुल्सीधर भण्डारी ।

फरार सञ्चालकहरू :

दरबारमार्गको वाच एन्ड सीका सञ्चालक मोरङ रंगेली १ घर भई हाल काठमाडौं बत्तीसपुतली बस्ने नम्रता अग्रवाल ।

 

न्युरोडको तिरुपती (लिबर्टी जुत्ता) स्टोर्सका सञ्चालक मोरङ, विराटनगर घर भएकी वसन्तकुमार महेश्वरी ।

दरबारमार्गको लेबल्स स्टोर्सका सञ्चालकहरू काठमाडौं महानगरपालिका २५ का सञ्जीव तुलाधर, वडा नम्बर २९ का राजीव श्रेष्ठ, टेकु घर भएका देवेन्द्रप्रसाद श्रेष्ठ, लाजिम्पाट घर भएका सुलिम महर्जन र नरदेवी बस्ने प्रकाशरत्न कंसकार ।

दरबारमार्गको एमजी इन्टरनेसनलका सञ्चालक पर्साको वीरन्गज घर भएका विमलादेवी डाल्मिया ।

ठमेल त्रिदेवीमार्गको एडभेन्चर आउटडोर गियर कम्पनी प्रालिका सञ्चालक दीप लामा

दरबारमार्गको सुवोध रिटेल प्रालिका सञ्चालकहरू काठमाडौं महानगरपालिका ४ बस्ने सनम शर्मा, वडा नम्बर १४ बस्ने सरोज अग्रवाल ।

दरबारमार्गको लाइफ स्टाइल इन्टरप्राइजेज प्रालिका सञ्चालकहरू काठमाडौं महानगरपालिका वडा नम्बर १९ का राजेन्द्रदास श्रेष्ठ, वडा नम्बर ३० का निर्मललाल श्रेष्ठ ।

न्युरोडको फिट वेल सुज प्रालिका सञ्चालकहरू मोरङ बाबियाबिर्ताका तुलराज कार्की र रुद्रबहादुर थापा ।

दरबारमार्गको एभेन्यु मार्केटिङ प्रालिको सञ्चालक काठमाडौं मैतीदेवीका सम्पतकुमार अग्रवाल र कुलेश्वरका पवनकुमार सराफी ।

दरबारमार्गको प्लेटिनम ट्रेड कन्सर्नका सञ्चालक ललितपुर महानगरपालिका ८ घर भई काठमाडौंको बत्तिसपुतली बस्ने नेहा अग्रवाल ।

दरबारमार्गको सुलक्स सेन्टरको सञ्चालक काठमाडौं लाजिम्पाटमा बस्ने रोमिलाल श्रेष्ठ ।

दरबारमार्गको बेन्टले द लेदर प्रालिका सञ्चालक ललितपुरका चन्द्रमाला शर्मा (बर्मा)

प्रकाशित : २८ कार्तिक २०७४, मंगलवार १४:०१