प्राइम बैकका सञ्चालक राजेन्द्रदास श्रेष्ठ फरार ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्राइम बैकका सञ्चालक राजेन्द्रदास श्रेष्ठ फरार !



काठमाडाै । बढी मूल्य लिई अाम उपभोक्तालाई गुमराहमा राखेर व्यापार गर्दै अाएका दरबारमार्ग स्थित लाइफ स्टाइल इन्टरप्राइजेज प्रालिका सञ्चालक राजेन्द्रदास श्रेष्ठ प्राइम बै‌कको पनि  सञ्चालक रहेको खुल्न अाएको छ ।

लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मूल्य लिई ठगी गरेको अारोप लागे श्रेष्ठ हाल फरार व्यवसायीको सूचीमा छन् । उनि काठमाडौं महानगरपालिका वडा नम्बर १९मा बसोबास गर्दै अाएका थिए । प्रहरी परिसर काठमाडौंले श्रेष्ठ लगाएत दरबारमार्ग र न्युरोड गरी १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटे पछि उनि प्रहरीको सम्पर्कमा अाएका छैन ।

दरबारमार्गका कर्मचारी पक्राउ परेको ५ दिनपछि दरबारमार्गको लाइफ स्टाइल इन्टरप्राइजेजका सञ्चालक एवं व्यवस्थापक काठमाडौं महानगरपालिका १७ घर भएका जयन्द्रदास श्रेष्ठ आफैं परिसर पुगेर अात्मसमर्पण गरेको स्रोतको भनाइ छ ।

उक्त पसलका अन्य दुई सञ्चालक निर्मललाल श्रेष्ठ र राजेन्द्रदास श्रेष्ठ भने अझै पनि फरारको सूचीमा रहेको प्रहरीले जनाएको छ । श्रेष्ठ प्राइम बैंक पुर्व अध्यक्ष समेत हुन । स्मरण रहोस यस अघि पनि प्राइम बैंकका  पुर्व अध्यक्ष श्रेष्ठ लगायतले कमलपोखरीस्थित माछापुच्छ्रे बैंकको नाममा रहेको ३१ आनामा बन्दै गरेको भवन तत्काल अवस्थामा चलनचल्तीको हिसावले १३ करोड पनि मुस्किलले पर्ने जग्गा र भवन २९ करोडमा खरिद गरेको अारोपमा समेत मुसिएका थिए ।

 

को को पक्राउ परे

 

प्रकाशित : २१ कार्तिक २०७४, मंगलवार २१:२९